सर्लाहीबाट ३६ लाख नगद र सुनसहित दुई जना पक्राउ


३१ श्रावण २०७९, मंगलवार
pakrau
फाइल फोटो

सर्लाही । सर्लाहीको बरहथवाबाट ठूलो रकमसहित दुई जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले ल ३६ लाख नगद र २३३ ग्राम २८० मिलिग्राम सुनको गरगहनासहित दुई जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका ७ स्थायी घर भई काठमाडौंको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण २ दुवाकोटका ३१ वर्षीय विशाल खत्री रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक एवम प्रहरी प्रवक्ता विजय यादवले जानकारी दिए ।

प्रहरीका अनुसार उनिहरुको साथबाट प्रदेश ०२-०३३ प ७७५० नम्बरको मोटरसाइकल सहित उनिहरुलाई रोकेर प्रहरीले खानतलासी गरेको थियो । प्रहरीले खनतलासी गर्दा उनिहरुको साथबाट सो सामान र नगद नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७