वामदेवले मागे माओवादीसँग तीन सिट


३१ श्रावण २०७९, मंगलवार
bamdev gautaam

काठमाडौँ । नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रसँग तीन सिट मागेका छन् । गौतमले आउँदो ४ मंसिरमा हुने आम निर्वाचनमा प्रदेशसभामा २ र प्रतिनिधिसभामा एक सिट मागेका हुन् ।

माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यका अनुसार प्रचण्डले वामदेव गौतमले राखेको प्रस्तावबारे ब्रिफिङ गरेका थिए । ‘वामदेवजी पनि हँसिया हथौडामै चुनाव लड्न तयार हुनुहुन्छ,’ प्रचण्डले बैठकमा राखेको भनाई उदृत गर्दै ती नेताले भने, ‘तर, संघमा १ र प्रदेशमा २ सिट माग्नु भएको छ ।’

वामदेवलाई चुनाव चिन्ह दिन माओवादी तयार रहेको ती नेताले बताएका छन् । तर, सिट कसरी र कति बाँडफाँट गर्ने भन्ने विषयमा निणर्य भने भइसकेको छैन् ।

माओवादी आफैंले केन्द्र र प्रदेशमा कति सिट पाउँछ भन्ने यकिन नभएकोले गौतमलाई पनि सिट संख्याबारे प्रष्ट भनिएको छैन् । गौतम नेपालका कम्युनिस्ट दलहरु एकीकृत गर्ने अभियानमा लागेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७