श्रृङ्खलावद्ध डाका घटनामा संलग्न तीन जना पक्राउ


३१ श्रावण २०७९, मंगलवार
daka

काठमाडौं । श्रृङ्खलावद्ध डाका घटनामा संलग्न तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-७ तालामाराङ घर भइ हाल काठमाडौंको नयाँ बस्तीमा बस्दै आएका ३८ वर्षीय राम सिंह तामाङ, मकवानपुरको बागमती गाउँपालिका घर भई काठमाडौंको जोरपाटी बस्दै आएका दिलबहादुर सिङताङ र मकवानपुरको बकैया-५ घर भई काठाडौंको जोरपाटी बस्ने ३५ वर्षीय बाबुलाल थिङ पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यकाभित्र रातको समयमा जबरजस्ती घरहरूमा प्रवेश गरी परिवारलाई नियन्त्रणमा लिएर नगद तथा गरहगना डाका गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । साउन २४ गते राति कीर्तिपुर नगरपालिका-६ स्थित नारायण बस्नेतको घरमा प्रवेश गरेर सामग्री लुटेर फरार भएका थिए ।

त्यसैगरी उनीहरूले अन्य तीन स्थान र उपत्यकाबाहिर एक स्थानमा चोरी गरेका थिए। उनीहरूबाट एक लाख ४२ हजार एक सय रुपैयाँ, खुकुरी, फलामको रड र मोटरसाइकल पनि बरामद गरिएको छ । थप अनुसन्धानका लागि प्रहरी वृत बौद्ध पठाइएको छ । तीनै जना यसअघि पनि विभिन्न घटनामा संलग्न भएको आरोपमा जेल परेका र कैद भुक्तान पछि छुटेर पुनः डाका कार्यमा लागेका अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७