राष्ट्रियसभा छाडेर प्रतिनिधिसभा लड्छु : वामदेव गौतम


३१ श्रावण २०७९, मंगलवार
Bamdev Gautam

काठमाडौँ । नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गौतम अहिले राष्ट्रियसभा सदस्य छन् । मंगलबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गौतमले राष्ट्रियसभाबाट राजीनामा दिएर प्रतिनिधिसभामा उठ्ने बताएका हुन् ।

गौतमले नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् । त्यसपछि निर्वाचन आयोगमा बाँकी कानुनी प्रक्रिया बुझ्नका लागि उनी पुगेका हुन् ।

उनले गठबन्धनका सदस्य आफू नभएको बताएका छन् । ‘सत्ता गठब्रन्धन भन्दा गठबन्धनको प्रतिनिधित्व गर्नेगरी जानपर्‍यो, म त्यसरी जाँदिन् । मेरो गठबन्धन माओवादी केन्द्रसँग हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७