जित सुनिश्चित गर्न माओवादीको चिह्न लिएँ : वामदेव


३१ श्रावण २०७९, मंगलवार
Bamdev Gautam 1 scaled

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले जित सघुनिश्चित गर्न नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार भएको बताएका छन् ।

आज (मंगलबार) निर्वाचन आयोग पुगेका गौतमले उक्त पार्टीको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्न लागेको सञ्चारकर्मीसँग बताए । ‘गोलाकारभित्र हँसिया हतौडा भएको चुनाव चिह्नमा म चुनाव लड्छु भनेर इच्छा जाहेर गरेको हुँ’, उनले भने, ‘त्यसो गर्न म किन बाध्य भएँ भने गठबन्धनले मलाई न लिईकन पनि गठबन्धनमा सामेल भएको हुन्छु । जित सुनिश्चित हुन्छ ।’

उनले आफ्नो पार्टीले पाउने सिटबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्णय गर्न जिम्मा दिएको पनि बताए । ‘मैले प्रचण्डलाई जिम्मा दिएको छु । गठबन्धनबाट होस् या माओवादीको हिस्साबाट दिने उहाँ नै जान्नुहुन्छ’, गौतमले भने ।

उनले माओवादीको चुनाव चिह्नबाट लडे पनि आफू नेकपा एकता राष्ट्रिय अभियानको पदाधिकारी नै रहने बताए । ‘हामीले चुनावमा गोलाकारभित्र हँसिया हथौडा चुनाव चिह्न प्रयोग गर्न खोजेको हो । हामी राष्ट्रिय एकताको पदाधिकारी हो । त्यो भइरहन्छौँ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७