कांग्रेस केन्द्रीय सदस्यमा १० महिला सदस्य मनोनित, को-को परे ?


३१ श्रावण २०७९, मंगलवार
sanepa congress

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिमा थप १० जना सदस्य मनोनीत गरेका छन् ।

सभापति देउवाले मंगलबार विधानको व्यवस्थाबमोजिम केन्द्रीय कार्यसमितिमा एक तिहाई महिलाको संख्या पुर्‍याउने गरी एकैपटक १० जना नेताहरुलाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टी विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले १० जना नेताहरुलाई केन्द्रीय सदस्य पदमा मनोयन गरेको जानकारी दिए ।

देउवाले किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), शधना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ्ग), रुक्मीणी कोइराला (मोरङ्ग), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी), र सीता देवकोटा (नवलपुर) लाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।
यससँगै कांग्रेसको केन्द्रीय कार्यसमिति १५८ सदस्यीय बनेको छ । सभापति देउवाले विधानबमोजिम केन्द्रीय समितिमा ३३ जना सदस्य मनोनयन गर्न पाउछन् । त्यसमध्ये २३ केन्द्रीय सदस्य मनोनयन गरिसकेका छन् ।

cong

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७