काठमाडौंबाट हराएका २५ वटा मोटरसाइकल र स्कुटर खोजेर धनीलाई बुझाइयो


३१ श्रावण २०७९, मंगलवार
bike

काठमाडौँ । काठमाडौं उपत्यकाबाट हराएका मोटरसाइकल र स्कुटर उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुसन्धान गरेर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

अनुसन्धानबाट भेटिएका २५ वटा दुईपांग्रे सवारी-साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मंगलबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा एसएसपी राजेन्द्र प्रसाद भट्टले १६ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।

सुचना संकलन गरेर चोरीमा संलग्न आरोपीहरुलाई समेत पक्राउ गरेर कारवाहीका लागि विभिन्न प्रहरी युनिटमा पठाउने गरिएको एसएसपी भट्टले जानकारी दिए ।
आर्थिक वर्ष २०७७/०७८ मा उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४ सय १९ वटा र २०७८-०७९ मा ५ सय ६ वटा दुईपांग्रे सवारी फेला पारेर धनीलाई जिम्मा लगाएको छ । सो अवधिमा मोटरसाइकल र स्कुटर चोरीमा संलग्न ९९ जनालाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७