‘अमेरिकी सेना हतियारसहित नेपाल आएको खबर छ, यसको जवाफ सरकारले दिनुपर्छ’


३१ श्रावण २०७९, मंगलवार
1660643287 hari adhikari maobadi 1200x560 1

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद हरिराज अधिकारीले अमेरिकी सेनाको १८ जनाको टोली हतियारसहित नेपाल आएको भन्दै यसको जवाफ सरकारले दिनुपर्ने बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले यसबारे सरकारको जवाफ माग गरेका हुन् ।

‘हिजो मात्रै १८ जना अमेरिकी सशस्त्र सेना नेपाली सेनासँग संयुक्त अभ्यास गर्न नेपाल आएको खबर छ । विश्व शक्ति हाबी भइरहेको बेलामा सरकारले यो के गर्न खोजेको हो ?’, उनले प्रश्न गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७