युवालाई ओलीको सुझाव : मैदान छिर्ने बितिक्कै रोनाल्डो-मेसी बन्ने सपना देख्न हुँदैन


३१ श्रावण २०७९, मंगलवार
KP Sharma Oli

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटबल मैदानमा पस्ना साथ मेस्सी बन्ने सपना देख्न नहुने बताएका छन् ।

आज (मंगलबार) काठमाडौंमा अखिल नेपाल महिला संघले ‘राजनीति र युवा-महिला’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘फुटबलको मैदानमा पुग्दासाथ रोनाल्डो मेस्सी सेस्सी सबै आउट गोल्डेन बुट म ल्याउँछु भनेर गफ दिएर हुन्छ ? अनावश्यक गफ दिएर हुँदैन ।’

पुरानो पुस्तालाई विस्थापित गर्न भन्दै चलाइएको अभियानतर्फ संकेत गर्दै ओलीले युवालाई हतार नगर्न आग्रह गरेका छन् । ‘हामी चलाउँछौं देश अरे, एकदिन घरबाट बाहिर ननिस्किएको मानिसले म्याराथन दौडेर स्वणर् पदक जित्ने कुरा गरेको जस्तो,’ उनले भने, ‘आमाले बनाएर दिएको खाना खाएर बाहिर निस्किएर स्वणर् पदक जित्न गयो । एक किलोमिटर नपुग्दै स्याँस्याँ फ्याँफ्याँ भइहाल्छ ।’

युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइ दिएर नहुने बताउँदै ओलीले यसैका लागि केही मापदण्डहरू बनाइएको तर्क गरे । महिला आन्दोलनको नाममा विकृतितिर जान नहुनेमा जोड दिँदै ओलीले सही बाटोमा हिँड्न महिला नेतालाई आह्वान गरे । ‘यसो टिकटक हेर्दा हेर्न नसक्ने हुन्छ’, उनले भने, ‘हामी सबैलाई सम्मान गर्छौं तर आफ्नो सम्मान आफैंले गर्न नसक्ने अवस्था बनेपछि त्यसलाई बन्द गर्नुपर्ने हुन्छ । त्यसबाट भाग्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७