हातहतियारसहित बर्दियामा शिकारी पक्राउ


३१ श्रावण २०७९, मंगलवार
sikari

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाको संयुक्त गस्ती टोलीले एक शिकारीलाई पक्राउ गरेको छ ।

पक्राउ शिकारीबाट दुई नाले १२ बोरका बन्दुक १ थान, ३०३ थ्रीनट थ्रीका ४ थान गोली, ओएफभि ए ७ को ६० राउन्ड गोली, १२ बोरको ८ थान कार्तुस, छर्रा २१ थान, पटका २१ रोल, सुकुटी ४ सय ग्रामलगायत बरामद गरिएको छ । त्यस्तै मोटरसाइकल १, मोबाइल ३ थान छालासहित काँचो मासु ७ सय ग्राम पनि बरामद गरिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

निकुञ्जमा राखिएको स्वचालित क्यामेराको सहयोगमा उनलाई पक्राउ गरिएको सहायक संरक्षण अधिकृत संजय सञ्जेलले बताए । अनुसन्धानमा प्रभाव पर्ने भएकोले पक्राउ गरिएका नाम सार्वजनिक नगरिएको उनले जनाएका छन् । बारबर्दिया नगरपालिकास्थित मध्यवर्ती सामुदायिक वनमा चोरी शिकार गरेको निकुञ्जले जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७