हर्क साम्पाङले भेटे प्रचण्ड, श्रम अभियानमा जोडिन गरे आग्रह


३१ श्रावण २०७९, मंगलवार
prachanda harka

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । आज (मंगलबार) मेयर साम्पाङसँगै उपमेयर इन्द्रविक्रम मेघाले खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

मेयर र उपमेयरले धरानको विकास र समृद्धिका विषयमा कुराकानी गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । साम्पाङले धरानको श्रम अभियानमा जोडिन समेत प्रचण्डलाई आग्रह गरेका थिए । धरानमा साम्पाङ स्वतन्त्रबाट मेयर निर्वाचित भएका हुन् भने मेघा माओवादी केन्द्रबाट निर्वाचित हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७