३३ अर्ब तिर्नै बाँकी छ, इन्धनको मूल्य घट्दैन : आयल निगम


३१ श्रावण २०७९, मंगलवार
oil nigam

काठमाडौं । नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने स्पष्ट पारेको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गरेर निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन नसक्ने बताएको हो ।

‘अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ । त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिँदैन’, निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले भने ।

उनले १० अर्ब ऋण रहेको पनि बताए । भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्न बाँकी २३ लाख रहेको उनको भनाइ छ । दुवैगरी ३३ लाख तिर्न बाँकी रहेको निगमको भनाइ छ । निगमले अहिले मासिक १४ करोड ब्याज मात्र तिर्नु परिरहेको उनले बताए । भारतबाट अहिले इन्धनको मूल्य घटेर आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७