प्रहरीले सर्लाहीबाट यसरी समात्यो सुन र ३६ लाख पैसासहित दुई जनालाई


३१ श्रावण २०७९, मंगलवार
sarlahi

सर्लाही । सर्लाही प्रहरीले ठूलो परिणाममा स्रोत नखुलेको पैसा र सुनसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार साँझ जिल्लाको बरहथवा नगरपालिकास्थित हिरापुर ब्यारेजनजिकैबाट स्रोत नखुलेको ३६ लाख नगद र १९ लाख ५८ हजार बराबरको सुनका गरगहना बरामद भएको हो ।

हरिवन नगरपालिकास्थित नयाँ रोडबाट हिरापुर जाँदै गरेको प्रदेश ०२-०३३ प ७७५० नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा उक्त रकम र सुनका गरगहना बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त पैसा र सुनका गहनासँगै मोटरसाइकल चलाउने डोटीको शिखर नगरपालिका-७ घर भई हाल काठमाडौं जिल्ला कपन-१० बस्दै आएका ३० वर्षका हर्कबहादुर कठायत र पछाडि सवार भक्तपुर चाँगुनारायण-२ दुवाकोट बस्ने ३१ वर्षका विशाल खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका खत्रीले बोकेको लेदरको ब्यागबाट उक्त नगद र सुनका गरगहना बरामद भएको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई जिल्ला भन्सार कार्यालय सर्लाहीको जिम्मा लगाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७