आयात-निर्यातको सटही सुविधामा कडाइ


३१ श्रावण २०७९, मंगलवार
bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयात-निर्यातका लागि प्रदान गरिने विदेशी मुद्राको सटही सुविधामा कडाइ गरेको छ । त्यस माध्यमबाट हुने सक्ने सम्पत्ति शुद्धीकरणको कार्यलाई नियन्त्रण गर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले आज एकीकृत निर्देशिका जारी गर्दै आयात तथा निर्यातका माध्यमबाट हुने ‘मनी लण्डरिङ’को कार्यलाई निरुत्साह तथा नियन्त्रणमा सघाउ पुग्ने गरी इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले आवश्यक कार्यविधि बनाउनु पर्नेछ ।
त्यसका लागि आन्तरिक संरचना बनाई वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्यमा उल्लेखित मूल्यबीच तुलनात्मक विश्लेषण गरी यथार्थपरका देखिएमा मात्रै सटही सुविधा जारी गर्न सकिने एकीकृत निर्देशिकामा उल्लेख छ ।

कागजमा एउटा र सामान आयातमा अर्को हुने तथा विदेशी मुद्राको बढी कारोबार गर्ने प्रचलन बढेपछि केन्द्रीय बैंकले कडा नीति अख्तियार गरिएको जनाएको छ । एक वर्ष वा सोभन्दा बढी अवधिको विदेशी ऋण भित्र्याएका ‘क’ वर्गका बैंकलाई विदेशी विनिमय जोखिम हेजिङ गर्ने प्रयोजनका लागि उक्त ऋणको बक्यौता साँवा तथा ब्याज बराबर हुने रकमसम्मको र ऋणको अवधिसम्मको डेरिभेटिभ्स खरिदको कारोबार गर्न पनि आवश्यक सीमा नलाग्ने उल्लेख छ ।

राष्ट्र बैंकले इजाजतप्राप्त कम्पनीमार्फत सम्बन्धित लाभग्राहीको खातामा जम्मा गर्ने गरी दैनिक रु १५ लाखसम्मको विप्रेषण रकम ल्याउन सक्ने प्रबन्ध गरेको छ । इजाजतप्राप्त विप्रेषण कम्पनीले रकम सङ्कलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानको कागजात लिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तो कारोबारसम्बन्धी विवरण संलग्न ढाँचामा मासिकरूपमा प्रत्येक महिना समाप्त भएको मितिले सात दिनभित्र विभागमा पेश गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्था तथा विप्रेषण कम्पनीले यस बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालकसँग सहकार्य गरी जारी गरेका कार्डमा समेत विद्यमान व्यवस्थाको अधीनमा रही विप्रेषण भित्र्याउन सक्ने प्रबन्ध गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७