रेमिट्यान्स ४.८ प्रतिशत बढ्यो, एक वर्षमा १० खर्ब सात अर्ब भित्रियो


३१ श्रावण २०७९, मंगलवार
remitance Rh1uYYmPWF

काठमाडौँ । गएको आर्थिक वर्ष २०७८/७९ मा रेमिट्यान्सको आप्रवाह अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक वित्तीय प्रतिवेदनअनुसार रेमिट्यान्समा सुधार आएको छ ।

गत आर्थिक वर्ष कुल १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह २.२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य बढ्दा रेमिट्यान्समा सुधार देखिएको छ ।

गत आवमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५४ हजार ६६० रहेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १९८.५ प्रतिशतले बढेर २ लाख ८२ हजार ४५३ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७