माओवादी केन्द्रमा आबद्ध युवाहरूको ठूलो समूह नेकपा एमाले प्रवेश


३१ श्रावण २०७९, मंगलवार
FB IMG 1660653252107

महोत्तरी । नेकपा माओवादी केन्द्रमा आबद्ध महोत्तरीका युवाहरूको ठूलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ । युवा नेता तथा मधेस प्रदेश वाइसीएलका इन्चार्ज शङ्कर महतो, जिल्ला इन्चार्ज मनोज थापासहित युवाहरूको ठूलो समूह आज नेकपा एमालेमा प्रवेश गरेको हो ।

एमाले अध्यक्ष केपी सर्मा ओलीले आज एक कार्यक्रमकाबीच जिल्लाबाट काठमाडौं बोलाएर उनीहरूलाई प्रवेश गराएका हुन् । प्रवेश गर्नेहरूमा बर्दिबासका स्थानीय नेता नीरज अधिकारी, रामगोपालपुर र गौशालाबाट समेत झण्डै एक दर्जन युवाहरूलाई अध्यक्ष ओलीले खादा र सिन्दूर लगाएर प्रवेश गराएका थिए ।

निर्वाचन नजिकिँदै गर्दा युवाहरूको ठूलो समूह प्रवेश गर्नुलाई महत्त्वपूर्ण ढङ्गले हेरिएको छ । पाटीले क्षमता भएका युवाहरूलाई निषेध गरेको हुनाले नेकपा एमाले रोजेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७