निर्वाचन खर्च विवरण नबुझाउने एक लाख २३ हजार उम्मेदवारलाई कारवाही


३१ श्रावण २०७९, मंगलवार
Nirbachan scaled

काठमाडौं । निर्वाचन आयोगले गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका तर, चुनावी खर्च विवरण नबुझाएका एक लाख २३ हजार ७८३ उम्मेदवारमाथि कारबाही प्रक्रिया शुरू गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार प्रेस विज्ञप्ति जारी गरी खर्च विवरण नबुझाउने उम्मेदवारको कारबाही प्रक्रिया प्रारम्भ गरेको जानकारी दिएका छन् । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिए बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ ।

प्रवक्ता पौडेलका अनुसार तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १५ हजार १३१ जना र तोकिएको समयावधिभन्दा ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाउने ८ हजार ६५२ जना समेत एक लाख २३ हजार ७८३ जना छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७