हल्कादेखि मध्यम बर्षाको सम्भावना


१ भाद्र २०७९, बुधबार
rain

काठमाडौँ । आज (बुधबार) प्रदेश-१ का पहाडी भू-भागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश-१ र बागमती प्रदेशका केहि र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेको पहाडी भू-भागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७