रुसको कब्जामा रहेको क्राइमियामा अर्को विष्फोट : तीन हजार मानिस विस्थापित, रेलवेमा क्षति


१ भाद्र २०७९, बुधबार
crimiya Hn2tc8U6La

काठमाडौँ । रुसको कब्जामा रहेको क्राइमियामा लगातार विष्फोटका घटना भएका छन् । क्राइमिया क्षेत्रमा रहेको सैन्य गोदाममा आक्रमण र तोडफोड गरिएको छ ।

क्राइमियामा रुसी सैन्य आधार शिविरमा आक्रमण भए लगत्तै अर्को पनि विष्फोटको घटना भएको छ । रुसी अधिकारीहरूले जेन्कोइ क्षेत्रमा विष्फोट भएको बताएका छन् । विष्फोटका कारण झण्डै तीन हजार मानिस विस्थापित भएका छन् । घटनामा मानवीय क्षति नभएको बीबीसीले जनाएको छ । रेलवे स्टेशनमा क्षति पुगेको छ । यो विष्फोटको घटना युक्रेनले गराएको रुसले आरोप लगाएको छ ।

गएको हप्ता ब्ल्याक सी क्षेत्रमा रूसी लडाकु विमानमा आक्रमण भएको थियो । यद्यपि युक्रेनले सार्वजनिक रूपमा आक्रमण आफ्नो पक्षबाट भएको स्वीकार गरेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७