सीपी गजुरेल समूह चुनावमा भाग लिने, विप्लव बहिष्कारमा


१ भाद्र २०७९, बुधबार
biplaw comred

काठमाडौं । आगामी ४ मंसिरमा हुन गईरहेको संघीय तथा प्रदेश निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग नलिने भएको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियामा आएको चन्द नेतृत्वको नेकपाले संघीय र प्रदेश संसदका दुवै चुनाव बहिष्कार गर्ने भएको हो ।

शान्ति प्रक्रियामा आए पनि अझै पनि मुद्दाहरु फिर्ता नभएको भन्दै सरकारकासँग आक्रोशित चन्द समूहले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएको बुझिएको छ ।

उता मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध सीपी गजुरेलले भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पार्टी मार्फत निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । गजुरेल नेतृत्वको सो मोर्चा बैद्य समूहको एक घटक हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७