प्रधानन्यायाधीशविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दै


१ भाद्र २०७९, बुधबार
cholendra shamsher jabara

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दै छ । बिहान ११ सिंहदरबारस्थिता कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बैठक बस्ने बताइएको छ ।

संघीय संसद प्रतिनिधिसभा बैठकमा दर्ता भएको महाभियोग प्रस्तावका सम्बन्धमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । १ फागुन २०७८ मा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदको हस्ताक्षरसहित संसद सचिवालयमा राणा विरुद्ध महाभियोग दर्ता गरेका थिए ।

तर, सचिवालयमा दर्ता भएको लामो समय बित्दा पनि महाभियोग प्रस्ताव अघि बढेको थिएन । गत २२ साउनमा बसेको प्रतिनिधिसभा बैठकमा महाभियोग प्रस्ताव दर्ता भएको थियो । संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमता अभाव, खराब आचरण, इमान्दारपूर्वक पदीय कर्तव्य पालना नगरेको र आचारसंहिता गम्भीर उल्लंघन गरेको लगायत २१ आरोप लगाएर राणामाथि महाभियोग दर्ता गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७