गठबन्धनका मित्रलाई साथमा लिएर झापामै उम्मेदवार बन्छु : शर्मा

‘वागमतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो, तर मान्छे म मेची र निन्दा किनारकै हो’


१ भाद्र २०७९, बुधबार
bishwo prakash sharma
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो आम निर्वाचनमा झापाबाटै उम्मेदवार बन्ने बताएका छन् ।

शर्माको काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने चर्चा भएसँगै उनले झापाबाटै उम्मेदवारी दिने प्रष्ट पारेका हुन् । काठमाडौं-५ को चुनाव प्रचारमा पुग्ने शर्माले बताएका छन् ।

‘फेरि प्रस्ट्याउँ ! वागमतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो, तर मान्छे म मेची र निन्दा किनारकै हो !’ शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘काठमाडौं-५ मा चुनाव प्रचारमा पुग्नेछु नै ! तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु ! प्रेम उता घरजम यता कुरै हुन्न !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७