बाइडेनद्वारा जलवायु परिवर्तन र स्वास्थ्य हेरचाह खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर


१ भाद्र २०७९, बुधबार
Biden in White house day first

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन र स्वास्थ्य हेरचाह खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपतिको हस्ताक्षरसँगै यसले कानुनको स्वरुप लिएको छ । मुद्रास्फीति न्यूनीकरण ऐन भनिने यो कानूनलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने सबैभन्दा ठूलो प्रतिबद्धताको रूपमा लिएको थियो ।

‘एउटा राष्ट्रलाई रूपान्तरण गर्न सकिन्छ, जुन अहिले भइरहेको छ’, बाइडेनले भने । विधेयक पारित भएसँगै सरकारले हरित ऊर्जा पहलमा लगभग ३७० अर्ब डलर खर्च गर्नेछ । ‘यो दिन भविष्यका पुस्ताहरूले जीवाश्म इन्धन उद्योगविरुद्धको छालको रूपमा हेरिने सिएरा क्लबका अध्यक्ष रामोन क्रुजले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७