१० वर्षपछि कार्यकर्तासहित एमालेमै फर्किदै पूर्वमन्त्री हेमराज राई (सूचीसहित)


१ भाद्र २०७९, बुधबार
hemraj rai

काठमाडौं । जसपा उपाध्यक्ष हेमराज राई १० वर्षपछि फेरि नेकपा एमालेमै फर्किने भएका छन् । जसपाका प्रभावशाली नेता-कार्यकर्तासहित उनी आज (बिहीबार) एमाले प्रवेश गर्दैछन् ।

ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा दिउँसो १२ बजे अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई टीका लगाएर स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

भोजपुर टेम्केमैयुङका राई पूर्व उद्योगमन्त्री समेत हुन् । २०६९ मा तत्कालीन उपाध्यक्ष अशोक राईसँगै हेमराजले एमाले छाडेका थिए । राईले आफूसहित १५० जना नेता कार्यकर्ता एमालेमा जान लागेको बताए ।

city
ncll 2

हेमराज राईसँगै जसपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दानबहादुर चौधरी, चन्द्रविक्रम राई, भूराज राई, उमेश थापा, शान्त प्रधान, रामसिंह राई, सुनिल राई पनि एमाले प्रवेश गर्ने तयारीमा छन् । उपेन्द्र यादव र अशोक राईलाई प्रदेश-१ मा बाबुरामले छाड्दाभन्दा हेमराजलगायतको टिमले छाड्दा जसपामा बढी धक्का पुग्ने बताइएको छ ।

jagdamba.cement
nepal liquors
1 14
2 14
top
top 1

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७