बागमती प्रदेश प्रमुखबाट दुई अध्यादेश जारी


१ भाद्र २०७९, बुधबार
bagmati pradesh

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा, २०२ को उपधारा, १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका दुईवटा अध्यादेश आज जारी गरेका छन् । 

ती अध्यादेश प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ र स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७