गठबन्धन विचार र गन्तव्य नभएको देशद्रोही : ओली

‘कांग्रेस लुलो भयो, ५-७ जना साथी बिना उभिन सक्दैन’


१ भाद्र २०७९, बुधबार
KP Sharma Oli

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन विचार र गन्तव्य नभएको देशद्रोही भएको आरोप लगाएका छन् । आज (बुधबार) राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनको औचित्य नै नरहेको बताए ।

उनले गठबन्धनका सबै दलका नेताहरुको उद्देश्य जहान-परिवारको वरिपरि मात्रै घुमेको आरोप लगाएका छन् । उनले भने,’ कांग्रेसले अब के गर्ने भन्दा गठबन्धन । नीति के छ गठबन्धन । कार्यक्रम के छ गठबन्धन । पुग्ने कहाँ हो गठबन्धन । गठबन्धन गरेर के गर्ने हो, गठबन्धन ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले समाजमा परिवर्तन ल्याउनका लागि राजनीति गर्नुपर्ने बताए । उनले थपे, ‘यो देशद्रोही गठबन्धन हो । नेपाली जनतालाई ढाँट्छ । कांग्रेस लुलो भयो । कांग्रेस अब एक्लै उभिन सक्दैन । कांग्रेस त ५/ ७ वटा साथी नलिइकन अघि बढ्नै सक्दैन । कांग्रेसको विचार शून्य छ । कहाँ जाने थाहा छैन । कोसँग मिलेर के गर्ने थाह छैन ।’

city
ncll 2

उनले समृद्धि नेपाल,सुखी नेपालीको यात्रा रोक्न गठबन्धन बनेको बताए । एमालेले जीते देशले जित्ने र स्थिरता आउने दावी गरे । उनले भने, ‘एमालेले जित्यो भन्यो भ्रष्टाचारविरोधी अभियानले जित्छ । होइन भने त करका दर, व्यापारीका प्रतिनिधि ल्याएर भ्रष्टाचार झन बढि झांगिन्छ ।’

jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७