नेप्से स्थिर, कारोबार रकम एक अर्ब ३२ करोड


१ भाद्र २०७९, बुधबार
share market गिरावट

काठमाडौं । शेयर बजार परिसूचक नेप्से स्थिर रहेको छ । मंगलबार २४.८३ अंकले घटेको नेप्से आज (बुधबार) ००.३६ अंकले घटेर बन्द भएको छ । नेप्से आज ०.०२ प्रतिशतले घटेर २०४०.७० को बिन्दुमा पुगेको छ ।

बुधबार दिनभर २२० कम्पनीका ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच भएको छ । मंगलबार दुई अर्ब ७३ करोड बराबरको शेयर किनबेच भएकोमा आज १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँ बराबरको कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ३२ करोड कम हो ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.०७ प्रतिशतले घटेर ३९४.६७ को बिन्दुमा पुगेको छ । १३ समूहको परिसूचकमध्ये ६ वटा समूहको परिसूचक घटेको छ । ७ समूहको परिसूचक बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७