बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका बुढाथोकी पक्राउ


१ भाद्र २०७९, बुधबार
pak

काठमाडौं । खातामा रकम नभएको चेक दिएर ठगी गरेको आरोपमा ४२ लाख जरिवाना तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका-७ घर भएर काठमाडौंको बानेश्वर बस्ने निरज बुढाथोकी छन् ।

३९ वर्षीय बुढाथोकी लाई कोटेश्वरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी कमल थापाले जानकारी दिए । उच्च अदालत पाटनले २०७७ पुसमा बुढाथोकीलाई ४२ लाख जरिवाना र ८ दिन कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

निरले दिएको सेन्चुरी बैंक कोटेश्वर शाखाको चेक बाउन्स भएपछि पीडितले उनीविरुद्ध उजुरी हालेका थिए । उनलाई जिल्ला अदालतको आदेशले डिल्लीबजार कारागार चलन गरिएको एसपी थापाले जानकारी दिए ।

city
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७