माओवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति ‘फाइनल’


१ भाद्र २०७९, बुधबार
mao 2

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा रहने सबै नेताको नाम फाइनल भएको छ । आज (बुधबार) बसेको माओवादी स्थायी समिति बैठकले पदाधिकारी बाहेक सबै कमिटीमा रहने नेताहरुको नाम टुंगो लगाएको हो ।

बैठकले ४१ जना सदस्य स्थायी समिति सदस्य, १२५ जना पोलिटब्युरो सदस्य, २६ जना वैकल्पिक पोलिटब्युरो सदस्य र ३४१ जना केन्द्रीय समिति सदस्य रहने टुंगो लगाएको आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले जानकारी दिए ।
स्थायी समिति बैठकले थप ८ जनालाई केन्द्रीय समितिमा राखेर कुल ३४१ जनाको केन्द्रीय समिति बनाउने निणर्य गरेको उनको भनाइ छ । सबै स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा रहेका नेताहरुको नाम बिहीबारको स्थायी समिति बैठकपछि सार्वजनिक गरिने छ ।

यस्तै माओवादी केन्द्रले बुधबार बस्ने स्थायी समिति बैठकबाट पदाधिकारीको पनि टुंगो लगाउने भएको छ । ‘पार्टी बैठकमा भोलि पदाधिकारी टुंगो लगाउने निणर्य गरेको छ । अहिलेसम्म अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बाहेक कति पदाधिकारी बनाउने भन्ने विषयमा विधानमा स्पष्ट उल्लेख छैन’ एक स्थायी समिति सदस्यले सुनाए, ‘अध्यक्ष प्रचण्ड कमरेडले उपाध्यक्ष,उपमहासचिव,सचिव लगायत कति पदाधिकारी बनाउने भन्ने विषयमा गृहकार्य गर्नुहुन्छ । त्यसपछि पदाधिकारीमा बस्ने नेताको नाम समेत प्रस्ताव गर्नु हुनेछ ।’

कति संख्याको पदाधिकारी बनाउने भन्ने विषयमा फाइनल नभएकाले को को कुन पदाधिकारीमा भन्ने भन्ने टुंगो नलागेको ती नेताले बताए । बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पनि संगठन सम्बन्धी एजेण्डामा छलफल केन्द्रित भएको जानकारी दिएका छन् । उनले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्युरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा छलफल भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७