प्रतिनिधिसभामा माओवादीको दावी ६० सिट


१ भाद्र २०७९, बुधबार
Perishdanda 2

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ६० सिट आफूले पाउनु पर्ने दावी गरेको छ ।
सत्तारुढ पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज (बुधबार) बस्दैछ । माओवादी नेतृत्वले कार्यदलमा रहेका सदस्यहरुलाई ६० सिटमा दाबी गर्न भनेको स्रोतले जानकारी दिएको छ ।

त्यही अनुसार कार्यदलमा हाम्रा साथीहरुले धारणा राख्नुहुन्छ,’ एक नेताले भने । २०७४ चुनावमा नेकपा एमालेसँग तालमेल गरेको माओवादीले ३७ सिट जितेको थियो ।

त्यसबेला माओवादी केन्द्रबाट चुनाव जितेकामध्ये टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी हाल एमालेमा छन् । तर यो पटक डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमले माओवादीको चुनाव चिह्नबाट लड्ने सहमति गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७