दार्चुलामा जीप दुर्घटना : कम्तीमा पाँचको मृत्यु


२०७९ भदौ १ बुधबार ०७:५६ बजे

दार्चुला । दार्चुलामा आज (बुधबार) दिउँसो जीप दुर्घटना हुँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका-६ उल्लानीमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरका अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको जानकारी आएको छ ।

‘आधा घण्टा अगाडि हामीलाई दुर्घटनाको जानकारी आएको थियो, पाँच जनाको घटनास्थलमै ज्यान गएको भन्ने छ,’ उनले भने, ‘उद्धारका लागि प्रहरी टोली परिचालन भएको छ, थप विवरण आइसकेको छैन ।’ जीप गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको थियो । अहिले घटनास्थलमा प्रहरी र स्थानीयसहित उद्धारमा जुटिसकेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७