आरजुको आग्रह : कांग्रेसलाई पहिलो पार्टी बनाउन जुटौं


१ भाद्र २०७९, बुधबार
arju

काठमाडौं । सत्ताढ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले आम निर्वाचनमा पार्टीलाई पहिलो बनाउन सबै जुट्नु पर्ने बताएकी छन् ।

नेपाल महिला संघ केन्द्रीय समितिले राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राणाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सबै एक जुट भएर अघि बढनुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘स्थानीय तह निर्वाचनको परिणामले कांग्रेसप्रति जनताको विश्वास बढेको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि कांग्रेसलाई एक नम्बरको पार्टी ठूलो बनाउन सबै जुटौं ।’

सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तय गरेको छ । राणाले सानातिना कुरामा नअल्झिएर महिलाका समस्यालगायतका मुद्दा उठाउनुपर्नेमा जोड दिइन् । उनले पछिल्लो समय तीज गीतको मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७