निहारिकाको अनसन तोडाउन कानुनमन्त्री पुगे शिक्षण अस्पतालमा


१ भाद्र २०७९, बुधबार
Govinda bandi

काठमाडौं । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निहारिका राजपूतको अनसन तोडाउनका लागि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । केहीबेरमै उनले अनसन तोडाउने जनाइएको छ । ‘निहारिकाको अनसन तोडाउन अस्पताल आएका छौं,’ उनले भने ।

निहारिकाले आफूमाथि बलात्कार भएको र आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै आएकी छन् । लामो समयदेखि काठमाडौं कन्द्रित आन्दोलन गर्दै आएकी निहारिकाले केही दिनअघि राष्ट्रपति कार्यालयअघि आत्मदाहको प्रयास समेत गरेकी थिइन् ।

राष्ट्रपति कार्यालय अगाडी त्यस्तो प्रयास गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे चासो राखेकी थिइन् । उनले कानुनमन्त्री र महान्यायाधिवक्तालाई डाकेर यस विषयमा छलफल गरेकी थिइन् । प्रहरीले मंगलबार आरोपी भनिएका शिवराज श्रेष्ठलाई पक्राउ गरेका छन् । धनुषा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७