प्रचण्डप्रति ओलीको कटाक्ष : जाँड खाएर मरेकाको शालिक बनाए, युद्धमा मर्ने नामै छैन


१ भाद्र २०७९, बुधबार
KP Sharma Oli

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका दिवंगत पुत्र प्रकाश दाहालको शालिकबारे प्रश्न उठाएका छन् ।

प्रचण्डले नुवाकोटको ककनीमा गत असार १७ गते स्व. पुत्र साकार दाहाल ‘प्रकाश’को शालिक अनावरण गरेका थिए । यसै विषयलाई लिएर ओलीले बुधबार केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका प्रचण्डप्रति क्रममा कटाक्ष प्रहार गरे ।

‘माओवादीको के कुरा गर्नु जाँड खाएर मरेकाको शालिक बनाएका छन्, युद्धमा मरेका त कुनै हिसाब छैन । कुनै ठूलाको आफ्ना चाहिँ जाँड खाएर मर्दा पनि शालिक ठड्याए । युद्धमा मरेकाको नाम नै छैन, हिसाबकिताब नै छैन । त्यस्तो माओवादीको के कुरा गर्नु ।’

नेपाल पर्वतारोहण संघको पहलमा प्रकाशको शालिक ककनीमा बनाइएको थियो । प्रकाशको २०७४ मंसिर ३ गते लाजिम्पाटस्थित निवासमै हृदयघातबाट निधन भएको थियो । प्रचण्डले शालिक अनावरणपछि बोल्दै यो काम परिवारको आग्रहमा नभएर पर्वतारोहण संघकै पहलमा बनाइएको पनि उनले बताएका थिए । संघले आवश्यकता ठानेर नै सगरमाथा आरोही प्रकाशको शालिक बनाएको पनि उनले स्पष्टीकरण दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७