राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक भोलि नै संसदबाट पास गरिने


१ भाद्र २०७९, बुधबार
samsad 1 scaled

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकमाथि छलफल अघि बढाउन सभामुख अग्नि सापकोटाले भोलि (बिहीबार) का लागि कार्य व्यवस्था परामर्श समितिको बैठक डाकेका छन् ।

मंगलबारको संसद बैठकमा पेश गरिएको नागरिकता विधेयकमाथि छलफल अघि बढाउने गरी सापकोटाले बिहीबार साढे १० बजे सबै दल सम्मिलित परामर्श समिति बैठक डाकेका हुन् ।

उक्त बैठकपछि भोलि (बिहीबार) ११ बजे बस्ने संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि पुनर्विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी उक्त बैठकबाटै नागरिकता विधेयकलाई पारित गर्ने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बुधबार साँझ सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । यसअघि नै बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले फिर्ता आएको नागरिकता विधेयक जस्ताको तस्तै फेरि पठाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७