गगनको आग्रह : फोहोरका गाडी नरोक्नुस्, आउनुस् सबै बसेर छलफल गरौँ


१ भाद्र २०७९, बुधबार
Gagan Thapa congress

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पार्टीको तर्फबाट अवरोध नगर्न आग्रह गरेका छन् । केही दिनयता सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जनका क्रममा अवरोध भइरहेको भन्दै उनले यस विषयमा हल खोज्न मद्दत गर्न सबैलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट पालिकाको नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ । पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुला आह्वान गर्न चाहन्छु- पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस् । अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छ- अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस् ।’

काठमाडौ फोहोरले अस्तव्यस्त भएको र यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना रहेको भन्दै नेता थापाले सचेत पनि गराएका हुन् । सत्तारुढ दलकै अवरोधका कारण बञ्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध भइरहेको चर्चा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७