पूर्व राष्ट्रपति राजापाक्षे अर्को साता श्रीलंका फर्किने


१ भाद्र २०७९, बुधबार
Gotabaya Rajapaksa 800x500 1

काठमाडौँ । विशाल प्रदर्शनका कारण देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे अर्को साता स्वदेश फर्किने भएका छन् ।

रुसका लागि श्रीलंकाका पूर्व राजदूत तथा राजापाक्षेका नातेदार उदयांग वीरातुंगाले अगस्ट २४ मा राजापाक्षे देश फर्किने स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । राजापाक्षे कार्यकाल बाँकी छँदै राजीनामा दिने पहिलो श्रीलंकाली राष्ट्रपति हुन् ।

उनी सैन्य विमानमा मालदिभ्स भागेका थिए । त्यसपछि केही साता सिंगापुरमा बसेर उनी हाल थाइल्यान्ड पुगेका छन् ।
सिंगापुर पुग्ने बित्तिकै उनले राजीनामा बुझाएका थिए । त्यसयता उनले कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।

उनीपछि राष्ट्रपति बनेका रनिल विक्रमासिंगेले भने एक महिनाअघि राजापाक्षे देश फर्किने बेला नभएको बताएका थिए । ‘यो उहाँ देश फर्किने बेला होजस्तो मलाई लाग्दैन,’ उनले वाल स्ट्रिट जर्नलसँग भनेका थिए । विक्रमासिंगेले संकटकाल नलम्ब्याउने बताएका छन् । रोयटर्स

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७