कानुनमन्त्री कोइरालासहित १३१ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको प्रमाणपत्र


१ भाद्र २०७९, बुधबार
Pro Ktm Mantri Parmanpatra

कामठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) को निर्णय अनुसार आज १३१ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले १३१ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधिको प्रमाणपत्र प्रदान गरेका हुन् । वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, नेपाल बार एसोसिएनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराई, बारका पूर्वमहासचिव सुनील पोखरेल, महिलाको सम्पत्तिको हकका लागि लडिरहेककी मीराकुमारी ढुङ्गाना, मेघराज पोखरेललगायतलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको हो ।

सर्वोच्च अदालतको गत असार २९ गते बसेको पूणर् बैठकले १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निणर्य गरेको थियो । त्यसमध्ये आज दुई जना उपस्थित भएनन् । समारोहमा प्रधानन्यायाधीश कार्की, वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश अनिल सिन्हा, सपना मल्ल प्रधान, हरि फुयाँल, नहकुल सुवेदीलगायत न्यायाधीश तथा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र अधिवक्ताहरू उपस्थित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७