कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निर्णय आइतबार


१ भाद्र २०७९, बुधबार
sarbochha

काठमाडौँ । सर्वोच्च अदालतले आज सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी आइतबार सुनाउने भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको आज बसेको संवैधानिक इजलासले निर्णय सुनाउने मिति आइतबारलाई सारेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आज सुनुवाइका लागि समय अपुग भएपछि आगामी आइतबारका लागि निर्णय सुनाउने मिति तय भएको हो ।

कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आज मिति तोकिएको थियो । यो मुद्दामा फैसला नहुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अन्योलमा परेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
ncll 2
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७