लमजुङको घनपोखरामा जीप दुर्घटना : १५ घाइतेमध्ये १० जना गम्भीर


१ भाद्र २०७९, बुधबार
received 2230791617069586

लमजुङ । लमजुङको मस्याङ्दी गाउँपालिका-२ घनपोखरामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १० जना गम्भीर घाईते भएका छन् ।

received 753096819300296

बेसीसहरदेखि घनपोखरा जाँदै गरेको ग १ ज ७४१७ नम्बरको जीप घनपोखराको भाचेस्थित सडकबाट बीस मिटर तल खसेको थियो ।

received 1512706905854067

दुर्घटनामा परि १५ जना घाईते भएका छन् । घाईते मध्ये १० जना गम्भीर घाईते भएका छन । घाइतेको प्रहरी र स्थानीय मिलेर उद्दार गरेको स्थानीय राम गुरूङले बताए । घाईतेलाई ४ वटा जीपमा उद्दार गरी लमजुङ जिल्ला अस्पताल ल्याउदै गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । घाईते सबै स्थानीय रहेपनि नामथर खुल्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७