प्रतिनिधिसभा बैठक बस्दै : नागरिकता विधेयक आजै पारित गरिने


२ भाद्र २०७९, बिहीबार
Parliment house samsad bhawans

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको आज (बिहीबार) को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसदमा नै फिर्ता गरेको नागरिकता विधेयक नै पारित गर्ने तयारी गरेको छ ।

संसद् सचिवालयले जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभामा विधेयक पारितका लागि निणयार्थ प्रस्तुत गर्ने उल्लेख छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दै छ ।

संसद्ले विधेयक प्रमाणीकरणका लागि पठाए पनि राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा फिर्ता पठाएकी थिइन् ।

यद्यपि, संसद्ले उक्त विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउन सक्ने संवैधानिक प्रावधान छ । सोही अधिकार संसद्ले प्रयोग गर्न लागेको हो । यसअघि, आज सत्तारुढ दलहरुले नागरिक विधेयकका विषयमा आन्तरिक तथा विज्ञहरुसँग परामर्श पनि गर्दैछन् ।

235621555Capture

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७