नागरिकता विधेयकका विषयमा कांग्रेसले विज्ञहरूसँग छलफल गर्दै


२ भाद्र २०७९, बिहीबार
sanepa congress

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज (बिहीबार) राष्ट्रपतिले पुनर्विचारका लागि संसदमै फिर्ता पठाएको नागरिकता विधेयकका विषयमा छलफल गर्ने भएको छ ।

बिहान ९ बजे कांग्रेसले संसदीय दलको कार्यालयमा कानुनका विज्ञहरूलाई बोलाएर नागरिकता विधेयकमा राष्ट्रपतिले राखेको धारणा तथा एमालेले उठाएका सवालका विषयमा छलफल गर्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि राष्ट्रियतासँग जोडेर कांग्रेसिमाथि टिकाटिप्पणी भए पनि कांग्रेसले मुख खोलेको छैन । अब भने कांग्रेसले अन्य राजनीतिक दल तथा विज्ञहरुसँग छलफल गरी आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

विज्ञहरुसँगको छलफलपछि कांग्रेसले विचार बनाएर नागरिकता ऐनमा अहिलेको व्यवस्थासँगै विगतका अभ्यास र कानुनी व्यवस्था सार्वजनिक गर्ने तयारी गरेको कांग्रेस सचेतक मीन विश्वकर्माले जानकारी दिए ।

कांग्रेसले अहिले एमालेले गैरजिम्मेवार राजनीति गर्दै राष्ट्रियताका नारा चर्काएको र चुनावमा जनता ढाँट्न सकिन्छ भनेर लागेको निष्कर्ष निकालेको छ । यस्तै राष्ट्रपतिले पनि वर्तमान संविधानको संक्षकको भूमिका भूलेर पञ्चायतकालीन संविधानका पक्षमा ओकालत गरेको भन्दै विभिन्न दल र कानुनविदहरुसँग छलफल थालेको हो । आजै बस्ने प्रतिनिधि सभा बैठकले नागरिकता विधेयक पारित गर्ने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७