सत्तारुढ गठबन्धनको शीर्ष नेताहरुको बैठक बस्दै


२ भाद्र २०७९, बिहीबार
Gathbandhan Top five leader of nepal

काठमाडौं । सत्तारुढ गठबन्धनको शीर्ष नेताहरुको बैठक आज (बिहीबार) बस्दै छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्ने भएको छ ।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन, सिट बाँडफाँटलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै पुनः राष्ट्रपति समक्ष पठाउने सत्तारुढ दलको तयारी छ । आज उक्त विधेयक प्रतिनिधि सभाले पारित गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७