नेकपा माओवादी केन्द्रले आज अपूर्ण कमिटीहरूलाई पूर्णता दिने

महासचिवमा देव गुरुङको सम्भावना


२ भाद्र २०७९, बिहीबार
perishdanda

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले आज (बिहीबार) पार्टीका अपूर्ण कमिटीहरुलाई पूर्णता दिने भएको छ । यसका लागि लगभग पार्टीमा सहमति भइसकेको माओवादी केन्द्रले जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो । केन्द्रीय कमिटी, पोलिटव्यूरो, स्थायी कमिटी र पदाधीकारी आज बस्ने पार्टी स्थायी कमिटी बैठकले टुङ्गो लगाउने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

प्रवक्ता महराका अनुसार बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । माओवादीमा अध्यक्षबाहेक अन्य पदाधीकारी चयन हुन सकेको छैन । अन्य कमिटीहरुले पनि पूर्णता पाउन सकेको छैन ।

महासचिवमा देव गुरुङको सम्भावना
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेका छन् । हिजो (बुधबार) बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णता गरेको थियो ।

माओवादी उच्च स्रोतका अनुसार प्रचण्डले बिहीबार महासचिवमा देव गुरुङको नाम घोषणाको तयारी गरेका छन् । माओवादीको महासचिवमा नेताहरु जनार्दन शर्मा र वर्षमान पुन आकांक्षी थिए । तर प्रचण्डले ती दुईमध्ये कुनै एक जनालाई महासचिवको जिम्मेवारी दिँदा अर्को नेतासँग सम्बन्ध बिग्रन सक्ने आंकलन गरी तेस्रो विकल्प खोजी गरेको माओवादी स्रोतले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७