रुसी हमलामा खार्किभमा ६ जनाको मृत्यु


२ भाद्र २०७९, बिहीबार
Ukraine war still factry oM1vgDynVI

किभ । रुसी हमलामा खार्किभमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । बुधबार भएको उक्त हमलामा अन्य १६ जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीले उक्त हमलालाई घृणित र निन्दनीय बताएका छन् ।

हमलामा एउटा फ्ल्याटका ब्लक पूणर् रुपमा ध्वस्त भएको बताए । आक्रमणको कुनै औचित्य नभएको र यसले अतिक्रमणकारीको शक्तिहीनता प्रदर्शन गरेको बताए । आक्रमणको बदला लिने पनि उनले चेतावनी दिएका छन् ।

‘हामी माफ गर्दैनौं, हामी बदला लिनेछौं’, राष्ट्रपतिले भने । विस्फोटपछि उत्तरपूर्वी सहरको उक्त फ्ल्याटको ब्लकमा आगो लागेको सहरका मेयरले बताएका छन् ।

यसअघि उक्त हमलामा तीन जनाको ज्यान गएको र १० जना घाइते भएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले बताएका थिए । फेब्रुवरीको सुरुमा खार्किभलाई रुसी सेनाले घेरा हालेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७