आगलागीमा एक जनाको मृत्यु


२ भाद्र २०७९, बिहीबार
death

मोरङ । मोरङको सुन्दरहरैचा-११ मा आगोमा जलेर एक मजदुरको मृत्यु भएको छ । आगोमा जलेर बेलबारी-११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी एवम् प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको हो । उनी घरमा रंगरोगन गर्ने मजदुर भएको भन्ने खुलेको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७