मेयर हर्क साम्पाङले सार्वजनिक गरे १०० दिने कार्य विवरण


२ भाद्र २०७९, बिहीबार
Harka Sampang

काठमाडौँ । धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले १०० दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका उनले पहिलो बुँदामा नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् ।

आफ्नो आधिकारिक फेसबुक एकाउन्टमार्फत उनले सार्वजनिक गरेको कार्य विवरणमा ४ ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको र ६ लाख विरुवा रोपेको उल्लेख छ ।

त्यसैगरी सरसफाइमा देखिने सुधार ल्याएको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेको, लागूऔषधविरुद्धको अभियान शुरु गरेको उनले उल्लेख गरेका छन् ।
यस्ता छन् साम्पाङले सार्वजनिक गरेको कार्य विवरण
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें ।
२. ४ ठाउँबाट खानेपानीको मुहान थपे ।
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाए ।
४. ६ लाख विरुवा रोपे ।
५. सरसफाइमा देखिने सुधार ल्याएँ ।
६. प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा सुधार ल्याएँ ।
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें ।
८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन ।
९. लागु औषध विरुद्धको अभियान शुरु गरें ।
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ ।
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें ।
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ ।
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७