बसले टेम्पुलाई ठक्कर दिँदा तीन जनाको मृत्यु


२ भाद्र २०७९, बिहीबार
acci2022 08 18 08 26 00

रौतहट । पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर बागमती सडकखण्डमा आज (बिहीबार) बिहान भएको सवारी दुर्घटनामा तीजनाको ज्यान गएको छ ।

सर्लाहीबाट रौतहटको चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको प्रदेश २ -२००१ ह २१०९ नम्बरको टेम्पुलाई काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती ०३-००१ ख २०१ नम्बरको रात्री बसले ठक्कर दिँदा सर्लाहीको बागमती नगरपालिकाका तीन जनाको ज्यान गएको हो ।

मृतकमध्ये सर्लाहीको बागमती नगरपालिका शोल्टी घर भएका ढकबहादुर लुङगेली मगरको मात्र सनाखत भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु प्रसाद जयसवारले जानकारी दिएका छन् । मृतक दुई जना पुरुषको सनाखत हुन बाँकी रहेको डिएसपी जयसवारले बताए । ठक्कर दिने बसलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७