हामी हिजोको जस्तो क्रान्तिकारी छैनौं, आत्मकेन्द्रित र स्वार्थी भएर बिग्रियौं : प्रचण्ड


२ भाद्र २०७९, बिहीबार
21 Shares
Prachanda 1 scaled
फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु हिजोको जस्तो क्रान्तिकारी नरहेको स्वीकारेका छन् । अध्यक्ष प्रचण्डले आत्मकेन्द्रित र स्वार्थी हुँदा आफूरु ब्रिग्रिएको स्वीकारेका छन् ।

जनयुद्धका शहीद रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हामी अलिकति बिग्रिएका छौं । हिजोको जस्ता क्रान्तिकारी छैनौं । ब्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थी भएका छौं,’ प्रचण्डले भने, ‘हामीले प्रतिस्पर्धा गरेर त्याग गर्नेतिर भन्दा पनि आफैंतिर कसरी बलियो बन्ने भन्नेतिर लागेका छौं ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले देशमा भएका राजनीतिक पार्टीमध्ये माओवादीले मात्र विचार र राजनीतिको प्रश्नलाई उच्च प्राथमिकतामा राखेको दाबी गरेका छन् । उनले स्वार्थ समूह बनाउनतिर उद्दत हुन थालेको टिप्पणी गरेका छन् । ‘स्वार्थ समूह बनाउनेतिर उद्दत हुन थालेका छौं । यसले क्रान्तिकारी विचारमा स्खलन आएको छ’, प्रचण्डले भने ।

क्रान्तिकारी पार्टी बनाउने संश्लेषण गरेको भए पनि ब्यवहार र दैनिकी नमिलिरहेको उनले बताएका छन् । ‘क्रान्तिकारी पार्टी बनाउने संश्लेषण त गरेका छौं, कुरा गर्दा मुखमा त क्रान्तिकारी नै छौं तर ब्यवहार र दैनिक मिल्दैन । भनाई र गराईमा ठूलो अन्तर आइसकेको महसुुस हुन्छ’, प्रचण्डले भने ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७