एमालेको प्रस्ताव- नागरिकता विधेयक सहमति गरेर अघि बढाउ, कांग्रेसको जवाफ-पास गर्न विलम्ब नगरौं


२ भाद्र २०७९, बिहीबार
300363560 497362835723278 5142024564773139576 n

काठमाडौं । संघीय संसद् भवनमा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको हो ।

बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकले आजको प्रतिनिधिसभामा पेस हुने कार्यसूची तय गर्नेछ । संसद्ले आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पेस हुने कार्यतालिका सार्वजनिक गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले विधेयक प्रतिनिधिसभामा पेस गर्ने र आजै प्रतिनिधिसभाले पास गर्ने सरकारको तयारी छ । प्रमुख प्रतिपक्षी दल एमालेले भने नागरिकता विधेयकमा सामान्य संशोधन गर्नुपर्ने बताएको छ । त्यसका लागि छलफल हुनुपर्ने उसको माग छ । तर, सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयक हुबहु पास गरेर फेरि प्रमाणीकरणका लागि पठाउने निणर्य गरेका छन् ।

दलहरूबीच सहमति गरेर अगाडि बढाउनु पर्ने सुझाव राखेका छन् । ‘नागरिकता विधेयक राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता गर्नु भएपछि यसमा सबै दलहरूबीच सहमति गरेर अगाडि बढाउँ,’ भट्टराईको भनाइ उल्लेख गर्दै एक सहभागीले भने ।

जवाफमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसकी प्रमुख सचेतक चित्रलेखा यादवले भने नागरिकता विधेयक पारित गर्नमा ढिलाइ गर्न नहुने बताएकी छन् । उनले भनिन्, ‘नागरिकता विधेयक पारित गर्नमा ढिलाइ भइसकेको छ । यसमा अब संसद्बाट पास गर्न विलम्ब नगरौं ।’ सरकारमै रहेको माओवादी केन्द्रले भने सहमतिको सम्भावना खुला राखेर नागरिकता विधेयक अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्, ‘सहमति र समझदारीको ढोका खुला राखेर नागरिकता विधेयक अगाडि बढाउँ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७